घुस लिएको आरोपमा वन अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्तापूर्व) मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई आज घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।

आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका–८ स्थित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो। रासस

४१ अर्बको छैन लेखाजोखा, पूर्वाधार विकासमा कर वृद्धि

Previous articleसुरक्षाको माग राख्दै सप्तकोशीका पानी जहाज थन्किए
Next articleगुलरियामा जारी रनिङशिल्ड प्रतियोगिता : ५६ मध्य २८ इभेन्टका खेल सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।