आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित, साउन २ गते बैठक तयारी

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक आज बस्ने तय भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो । अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बोलाउने तयारी गरिएको बताइएको छ ।

पार्टीको विधान अनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने भएपनि एघार महिनापछि बल्ल औपचारिक बैठक बस्ने तयारी गरिएको थियो । अब बस्ने केन्द्रीय समिति बैठकमा चुनावी समीक्षादेखि नीति महाधिवेशनसम्म छलफल हुने नेताहरुले बताएका छन् ।

https://ujyaalonepalnews.com/archives/29204

Previous articleकेराका थामबाट हस्तकलाका सामग्री
Next articleसरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगतफर्त ६९ प्रतिशत बजेट खर्च
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।