चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु

गुल्मी- गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन् । उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो ।

https://ujyaalonepalnews.com/archives/29232

Previous articleनारायणी लिफ्टबाट पानी छोड्न समय लाग्ने
Next articleकाठमाडौं महानगरका केही सडक एकातर्फबाट मात्र सवारीसाधन सञ्चालन गर्ने तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।