सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी- सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्वर ५ कुशहाका ६५ वर्षीय हवाई चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा विद्युतको तार जोडने क्रममा अचानक करेन्ट लागेर चौधरी घाईते भएका थिए । घाईते चौधरीलाई उपचारको लागि सिरहाको लहान स्थित सप्तऋषि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/29247

Previous articleसुशासनको अभियानले विश्राम लिँदैन: उपप्रधानमन्त्री श्रेष्ठ
Next articleसङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।