अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो

दाङ- अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको मृत्यु भएको हो ।

एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन् । सामान्य अवस्थाको बिरामी अस्पतालको गम्भीर लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् ।

अस्पतालको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् ।

यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा रमेश कँडेलले यसलाई भवितब्य घटना भएको बताउनुभयो । कुनै पनि बिरामीलाई निको पारेर घर पठाउने जिम्मेवारी आफूहरूको भए पनि कहिलेकाहीँ यस्ता घटना हुने गरेकामा आफू दुःखी भएको प्रतिक्रिया दिनुभयो । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/29259

Previous articleम्यानमार पुर्‍याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ
Next articleआदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज मनाईंदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।