पर्सा- मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेको भानुभक्तको शालिक वीरगन्ज महानगरपालिकाले पुनःस्थापना गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा नं. १५ स्थित नयाँ बसर्पाक चोकमा आज आदिकवी भानुभत्तको शालिक स्थापना गरिएको हो ।
वीरगन्ज महानगरपालिकाको आर्थिक लगानीमा स्थापना गरिएको शालिकको नगर प्रमुख राजेशमान सिंहले एक समारोहका बीच अनावरण गर्नुभएको छ । २०६४ सालको पहिलो मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेको भानुभक्तको शालिकलाई २१०औं जन्मजयन्तीको अवसर पारी महानगरपालिकाले स्थापान गरेको हो ।
अदिकवि अर्याचको जन्मजयन्तीको अवसरमा आज वीरगन्जमा धुमधमले प्रभातफेरि निकालिएको छ । लक्ष्मी साहित्य समाज पर्सा र वाङमय प्रतिष्ठानको संयुक्त आयोजनामा वीरगन्जको नयाँ बसपार्कबाट निकालिएको प्रभातफेरी आदर्शनगरमा पुगेर विसर्जन भएको थियो ।
https://ujyaalonepalnews.com/archives/29275


