Home Uncategorized रत्ननगरमा यो वर्ष पनि नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु हुँदै

रत्ननगरमा यो वर्ष पनि नि:शुल्क लोकसेवा तयारी कक्षा सुरु हुँदै

उज्यालो नेपाल-  वडाबासीलाई सरकारी सेवामा पहुँच वृद्धिको लागि रत्ननगर नगरपालिका वडा नं. १५ ले यो वर्ष पनि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सुरु गर्ने भएको छ । वडा कार्यालयले आफ्नो वडा भित्र रहेका सिमान्तकृत, पिछडिएका वर्ग र कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुको लागी नि:शुल्क तयारी कक्षा संचालन गर्न लागेको हो ।

वडाध्यक्ष आशिक तामांगले वडाका युवालाई स्वदेशमै स्वावलम्बी बन्नको लागि उत्प्रेरित गर्ने र सरकारी सेवामा पहुँच वृद्धि गर्नको लागि लागि आफूहरूले नि:शुल्क तयारी कक्षा सञ्चालन गर्न लागेको बताए । निःशुल्क रुपमा नायब सुब्बा र खरिदारको तयारीका लागि कक्षा सञ्चालन गर्न लागेको तामांगले बताए ।

‘ वडामा शिक्षित जनशक्ति प्रसस्त भएतापनि लोकसेवा पास गरेर सरकारी सेवामा रहेकाहरु नगन्य छन् । यसकारण तयारी कक्षा सञ्चालन गरेर सरकारी सेवामा पहुँच पुर्‍याउन सकियोस् भन्ने मुख्य उदेश्य छ’ उनले उज्यालो नेपाल संग भने ।  यस कार्यबाट सकरात्मक प्रतिफल आउने विश्वास आफूलाई रहेको उनले सुनाए ।

सोमबार एक सुचना प्रकाशित गर्दै कार्यालयले तयारी कक्षा लिन ईच्छुकहरुबाट आवेदन माग गरेको छ । कार्यालयले गत वर्षदेखि यो कार्यक्रमको सुरुवात गरेको हो । गतवर्षको कार्यक्रमबाट ३० जना विद्यार्थीहरुले तयारी कक्षा लिएका थिए, हाल उनीहरु परीक्षाको तयारीमा छन्  ।

https://ujyaalonepalnews.com/archives/29371

Previous articleमौलाकाली केवलकारको इभिनिङ अफर : ५० प्रतिशत छुट
Next articleवीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।