राष्ट्रिय फुटबल टिमका कप्तान किरण पञ्जाव एफसीमा अनुबन्ध

0
63

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी टिममाअनुबन्ध भएका छन् ।

भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको हो ।

पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो । यस पटक देखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

उनी आईएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि गत सिजन नेपालका अनन्त तामाङले इस्ट बंगलाबाट आईएसएलमा एक खेल खेलेका थिए । किरण नेपालका लागि सर्वाधिक ८९ खेल खेल्ने खेलाडी हुन् ।

https://www.ujyaalonepalnews.com/archives/29443

Previous articleअर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भारतमा भेटवार्ता
Next articleफोहर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश