वीरगन्जमा अवैधरुपमा सञ्चालित एक शैक्षिक संस्थामा शिलबन्दी

पर्सा- अनुमति विना सञ्चालित रहेको वीरगन्जको एक शैक्षिक संस्थालाई वीरगन्ज महानगरपालिकाले शिलबन्दी गरेको छ । अनुमति विना वीरगन्ज महानगरपालिकाको वडा नं. ५ मा सञ्चालनमा रहेको मोदि इन्सिच्युट एण्ड ट्रेनिङ सेन्टरमा महानगरपालिकाले शिलबन्दी गरेको हो ।

महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा महाशाखाका प्रमुख अरविन्द लाल कर्णको नेतृत्वमा गएको टोलीले विगत आठ वर्षदेखि अबैधरुपमा सञ्चालित रहेका इन्सिच्युटमा शिलबन्दी गरि आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ ।

अनुमति विनै सञ्चालन गरेको मोदि इन्सिचियुटका कर्मचारीले महानगरपालिकाको छात्रवृद्धी दिलाउने बाहानामा रकम माग गरेको विषयमा छानविन गर्न जाँदा इन्सिच्युट नै अबैध भएको पत्ता लागेपछि शिलबन्दी गरिएको महानगरपालिकाका निमित्त प्रमुख कर्णले जानकारी दिनुभयो ।

उहाँले गुन्जा पटेलले सञ्चालन गरेको मोदि इन्सिच्युट साना उद्योग र महानगरपालिकाको व्यवसाय करमा दर्ता भएपनि अध्यापनको अनुमति नलिएको र राजश्वसमेत हिनामिना गरेको बारे आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि इन्सिच्युटबाट केही कागजपत्रलाई नियन्त्रणमा लिई शिलबन्दी गरिएको बताउनुभयो ।

इन्सिच्युटका कर्मचारी तथा सञ्चालक गुन्जा पटेलका श्रीमान समेत रहेका राहुल कुमार मोदीले महानगरपालिकाले प्रदान गरिने छात्रवृत्ति दिलाएबापत एक व्यक्तिसँग एक लाख रुपैयाँ माग गरेको अभियोगमा प्रहरीले उनलाई मंगलबार पक्राउ पक्राउ गरेको छ । पक्राउ परेका राहुललाई जिल्ला प्रहरी कार्यालयमा राखि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/29445

Previous articleफोहर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
Next articleबिना पूर्वाधार होमस्टे सञ्चालन गरिंदा स्याङ्जाका अधिकांश होमस्टे बन्द
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।