बाँदर भगाउन राखेको पासोमा करेन्ट लाग्दा दुई महिला गम्भीर घाइते

पाल्पा- पाल्पामा बाँदर भगाउन राखेको धरापमा करेन्ट लागेर दुईजना महिला घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका वडा नं. ७ स्थित लामीडाँडामा मकै जोगाउन थापिएको विद्युतीय धरापमा परी स्थानीय महिला घाइते भएका हुन् ।

घाइते हुनेमा ३१ वर्षीया विजिता आले र ३८ वर्षीयाा तिलु थापा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बारीमा घाँस काट्न जाने क्रममा उनीहरू बादँरलाई राखेको पासोमा परेका हुन् ।

घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते महिलाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रही निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो ।-

https://ujyaalonepalnews.com/archives/29494

Previous articleकोटेश्वर क्याम्पसले पायो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण
Next articleएशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।