लायन्स क्लव अफ रत्ननगर पञ्चकन्याकाे पद हस्तान्तरण

0
68

रत्ननगर । लायन्स क्लब अफ रत्ननगर पञ्चकन्याकाे पद हस्तान्तरण कार्यक्रम बुधबार गरिएकाे छ । साैराहामा आयाेजित कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष सुवास पाेखरेलले बर्ष २०२३/२४ का अध्यक्ष जनकराज पन्तलाई पद हस्तान्तरण गरेका थिए ।

क्लवकाे स्थापना दिवसकाे अबसर पारेर नयाँ समितिलाई पद हस्तान्तरण गरिएकाे हाे । संस्थापक अध्यक्ष पाेखरेलले लायन्स क्लवका एजुकेटिभ चिफ निरज श्रेष्ठ, सुमन सुवेदी तथा क्लवका संस्थापक पदाधिकारी तथा सदस्यहरुलाई मायाकाे चिनाे तथा सम्मान पत्रले सम्मान गरेका थिए ।

दाेस्राे चरणकाे कार्यक्रममा विपी काेइराला माेमेरिय अस्पतालका अध्यक्ष विजय न्याैपानेलाई सम्मान गरिएकाे छ । प्रथम भाईस डिष्ट्रिक गभर्नर दिनानाथ न्याैपानेले नयाँ सदस्यलाई गाेपनीयताका सपथग्रहण गराएका थिए ।

डिष्ट्रिक गभर्नर आरएस महताे प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा द्धितीय भाइस गभर्नर नवराज सापकाेटा, पूर्व डिष्ट्रिक गभर्नर राजकुमार श्रेष्ठ, रामप्रसाद भट्ट,लायन्स क्लवका अगुवाहरु जगन्नाथ पुढासैनी, सुकुमा लाेप्चन, विपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. विजय न्याैपाने, वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, वडा नं १६ का वडाध्यक्ष हेमराज थापा लगायतकाे सहभागिता रहेकाे थियाे ।

नवनिर्वाचित अध्यक्ष पन्तले बृक्षराेपण, स्वास्थ्य शिविर, नेत्र दानकाे लागि प्राेत्सहान कार्यक्रम, ३० बर्ष माथिका २ हजार ५०० जनाकाे मधुमेह परीक्षण गर्ने, महिलाहरुकाे पाठेघरकाे मुखकाे क्यान्सर परीक्षण, असहायलाई आर्थिक तथा खाद्यान्न सहयाेग गर्ने तथा क्यान्सर राेगीलाई उपचारकाे लागि आर्थिक सहयाेग गर्ने जानकारी दिए । क्लवका सचिव सन्ताेष दुवाडीले कार्यक्रम सञ्चालन गरेका थिए ।

https://www.ujyaalonepalnews.com/archives/29498

Previous articleबुढीगण्डकी ‘रेडी टु गो’ आयोजना हो : प्रधानमन्त्री दाहाल
Next articleफोहर ब्यबस्थापन गर्दै वडा कार्यालय