पाल्पाको सिजी सिमेन्ट कम्पनीमा चेन चुडिदा १३ जना कामदार घाइते

पाल्पा- पाल्पाको सर्देवास्थित सिजी सिमेन्ट कम्पनीभित्रको चेन चुँडिदा १३ जना कामदार घाइते भएका छन् । बुधबार अप्रहान्न ४ बजेतिर सिजी सिमेन्ट कम्पनीमा पुरानो इट्टा हटाई नयाँ इट्टा राख्ने क्रममा उक्त इट्टा वरपर रहेको चेन चुँडिदा १३ जना कामदार घाइते भएका हुन् ।

घाइते हुनेमा रैनादेवी छहरा– ३, का पदम सोमै, सोही स्थानका चिन्तबहादुर डंगोल, सुमन नेपाली रहेका छन् । यस्तै नवलपरासी सुनवलका लिलबहादुर गुरुङ्, कपिलवस्तुका महेश बराम, कमल पासी, उमेश पासी, रुपन्देही देवदहका यमबहादुर विक, सोहनलाल जैसी र अक्सर मिसर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

केही घाइतेहरु भने सामान्य उपचारपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उक्त चेन १३ फिट माथिबाट खसेको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/29518

Previous articleबूढानीलकण्ठका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने
Next articleकाँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातमा उल्लेख्य वृद्धि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।