Home Uncategorized गैंडाको आक्रमण बाट सौराहामा एकजनाको ज्यान गयो

गैंडाको आक्रमण बाट सौराहामा एकजनाको ज्यान गयो

सौराहा । सौराहा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यू भएको छ ।

रत्ननगर ६ सौराहा निवासी ७६ बर्षिय नवराज अधिकारीको मृत्यू भएको हो । विहीबार दिउसो २ बजे वनमा घाँस काट्न गएका उनी नफर्किएपछि खोजि गर्ने क्रममा वनको च्यानडाँडा नजिक शुक्रबार विहान ८ बजे सब फेला परेको वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए ।

सब फेला परेको ठाउँमा गैंडाको पाइला रहेको र मृतकको शरिरमा लागेको चोट पटक हेर्दा गैंडाले आक्रमण गरेको सहजै अनुमान लगाउन सकिएको अध्यक्ष तामाङले बताए ।

अधिकारीको सब पोष्टमाटमको लागि भरतपुर अस्पताल पठाइएको छ ।

https://ujyaalonepalnews.com/archives/29543

Previous articleकाठमाडौं र ललितपुरका केही स्थानहरुमा भोलि आठ घन्टासम्म विद्युत प्रभावित हुने
Next articleपर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा एक हजार ८९ मात्र दर्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।