सुनसरीमा एक युवाको गोली हानी हत्या

सुनसरी- सुनसरीमा एक युवाको गोली हानी हत्या भएको छ । आज साँझ ६ बजेर ३० मिनेटमा सुनसरीको धरान–इटहरी सडक खण्डको जंगलमा विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो ।

चारकोशे जंगलमा पैदलै आएका युवाको समूहले उनीमाथि गोली हानेको बताइएको छ । चौधरीसँगै आएकी महिला सकुशल रहेकी छन् । चौधरीमाथि तीन जनाको समूहमा आएका व्यक्तिले गोली हानेको बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/29565

Previous articleकांग्रेस बैठकमा शुक्रबार ३४ जना केन्द्रीय सदस्यको धारणा
Next articleअब उत्पादनको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ : अर्थमन्त्री डा महत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।