बालिकालाई जबरजस्ती गरेको आरोपमा पूर्वीचितवनमा एकजना पक्राउ

राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिकामा बालिका माथि यौन दुर्व्यवहारको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वडा नं २ का एक युवकलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको हो । पटक पटक ति बालिकामाथि दुव्र्यबहार भएको भन्दै आफन्त र स्थानीयले उनलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । उनी नेकपा एकीकृत समाजबादी युवा नेता समेत हुन ।

पीडित बालिकाको परिवारको तर्फबाटअहिले सम्म जाहेरी नआए पनि उनीसंग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/29581

Previous articleसल्यानमा ९८ प्रतिशत धान रोपाई 
Next articleचारजना चढेको मोटरसाइकल पिकअप भ्यानसँग ठक्कर खाँदा तीनजनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।