प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच भर्चुअल संवाद

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ ।
नेपाल भ्रमणमा रहनुभएका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आज भर्चुअल संवाद गर्नुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो ।
संवाद क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहनुभएका च्या च्युनलाई न्यानो स्वागत गर्नुभयो । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो ।

https://ujyaalonepalnews.com/archives/29632

Previous articleललिता निवासको सरकारी जग्गा प्रकरण थप एक पक्राउ
Next articleशेयर धितो कर्जाको जोखिम भार कति तोक्ने भन्नेमा हामी स्पष्ट छौँः गभर्नर अधिकारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।