प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच भर्चुअल संवाद

0
57
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ ।
नेपाल भ्रमणमा रहनुभएका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आज भर्चुअल संवाद गर्नुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो ।
संवाद क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहनुभएका च्या च्युनलाई न्यानो स्वागत गर्नुभयो । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो ।

https://www.ujyaalonepalnews.com/archives/29632

Previous articleपुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से
Next articleगण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना : रोजगार वृद्धिलाई प्राथमिकता