वेवारीसे अवस्थामा चितुवाको छाला बरामद

0
171

दाङ- दाङमा प्रहरीले वेवारीसे अवस्थामा चितुवाको छाला बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका–५ जमुनिवासको जंगलमा वेवारीसे अवस्थामा चितुवाको छाला बरामद गरेको हो ।

हरियो रंगको प्लास्टिकको झोला वेवारीसे अवस्थामा प्रहरीले बरामद गरेको थियो । झोला जाँच गर्ने क्रममा चितुवाको छाला फेला परेको प्रहरी प्रमुख वलीले बताइन् । पुच्छरदेखी टाउकोसम्म ७ फिट ४ ईच्छको छाला बरामद गरिएको हो ।

बरामद गरिएको छाला निकासीको लागी त्यहाँ राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । छाला ओसारपसारमा संलग्नहरुको पहिचान नभएपनी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । साउन ५ गते प्रहरीले छाला बरामद गरेको थियो ।

https://www.ujyaalonepalnews.com/archives/29646

Previous articleपुँजीबजारमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६३.२४ अङ्कले बढ्यो नेप्से
Next articleगण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना : रोजगार वृद्धिलाई प्राथमिकता