दोहोरो नागरिकता मुद्दामा डाक्नेश्वरीका उपमेयरलाई धरौटीमा छाड्न अदालतको आदेश

-राम नरायण यादव, सप्तरी

सप्तरी- दोहोरो नागरिकता मुद्दामा प्रहरी नियन्त्रणमा रहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप मेयर मिरा कुमारी यादवलाई सप्तरी जिल्ला अदालतले छाड्ने आदेश दिएको छ ।

सोमबार अदालतले रु १ लाख रुपैयाँ धरौटी राख्दै तारेखमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश हरिश्चन्द्र इंगनामको इजलासले धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएको हो ।

सोमबार जाहेरबाला पक्षको बहस पश्चात प्रतिवादीको तर्फबाट अधिवक्ता भरत यादव, भानु निरौला, रामकुमार यादव, हरि प्रसाद यादव, पृण्य सिंह, फुल नारायण यादवले बहस गरेका छन् ।

जाहेरबाला पक्षको तर्फबाट सरकारी वकील गोकुल निरौला अधिवक्ता हेमनारायण चौधी, सुभाष यादव र पुण्यप्रसाद यादवले बहस गरेका छन् ।

https://ujyaalonepalnews.com/archives/29664

Previous articleकांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाउनुपर्छ : महामन्त्री शर्मा
Next articleउपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।