दाङ र प्यूठानमा भारी बर्षा, सतर्क रहन अपिल

Click Image

दाङ- भारी बर्षाका कारण दाङका प्रमुख नदी राप्ती र बबईमा एक्कासी बाढी आउन सक्ने खतरा रहेको भन्दै सतर्क रहन अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी बर्षा भएका कारण राप्ती र बबई नदी लगायत अन्य खोलाहरुको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको हो ।

दाङको बगासोगी, लालमटीया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा र प्यूठानको विजुवार, मारीखोला, हंसपुर र आसपासका धेरै स्थानमा भारी बर्षा भएको जनाएको छ । दाङ र प्यूठानका खहरे खोलामा समेत बाढी आउन सक्ने भएकाले दिउँसो सम्म सतर्क रहन आग्रह गरिएको हो ।

https://ujyaalonepalnews.com/archives/29671

Previous articleगण्डकीको केही सडक र पुल आयोजना वर्षौँदेखि रुग्ण
Next articleकमलामा काठको पुल : दूरी छोटियो तर स्थायित्व छैन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।