तिनाउ नदी आसपासका स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह

रुपन्देही- रुपन्देही, नवलपरासी, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र दानव नदीमा बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान बिहान सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतह खतरा तह भन्दा निकै माथि पुगेको र बढ्दो रहेको छ ।

बाढीको उच्च जोखिम रहेकाले तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहनुहन आग्रह गरिएको छ । तिनाउमा बाढी आयपछि तिनाउ आसपासका बासिन्दा अहिले घर बाहिर निस्केका छन् ।

https://ujyaalonepalnews.com/archives/29676

Previous articleकमलामा काठको पुल : दूरी छोटियो तर स्थायित्व छैन
Next articleबस र ट्रक जुधेर दूर्घटना हुँदा ११ जना घाईते, दूर्घटनाका कारण सडक अबरुद्ध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।