मुग्लिन-नारायणगढ सडकखण्ड फेरी अबरुद्ध

चितवन- मुग्लिन-नारायणगढ सडकखण्ड अन्तरगत कालिखोला नजिक पहिरो खसेर अवरुद्ध भएको छ ।

गएराती सोही ठाउँमा पहिरो खसेर अवरुद्ध सडक केही समय खुलाएपनि अहिले बिहान सात बजे फेरी पहिरो जाँदा सडक अबरुद्ध भएको एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

राती एक बजे पहिरो गएपछि सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको थियो ।

नारायणगढ मुग्लिङ सडक खण्डको कालिखोलामा माथिबाट सुख्खा पहिरो खसि बाटो दुबैतर्फी अबरोध भएको हो । अहिले दुईवटा डोजरले सडक पन्छाउने कार्य गरिरहेको पनि एसपी कार्कीले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/29791

Previous articleधादिङमा अण्डाको मूल्य ह्वात्तै बढ्यो
Next articleभरतपुर भ्रमण वर्ष: ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।