सिद्धबाबा सुरुङमार्गमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा- निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

उक्त राजमार्गको तानसेन–बुटवल सडक खण्ड अन्तरगत तिनाउ गाउँपालिका वडा नं–३, दोभानस्थित ड्यामसाइड नजिक ठूलो पहिरो खसेपछि आइतबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।

यसअघि पहिरोले एकतर्फी भएको सडकमा माथिबाट पुनः पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको दोभान प्रहरी चौकीले जनाएको छ । अहिले सुरुङमार्ग आयोजना अन्तर्गतको मेसिन लगाएर पहिरो खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

ठूला ढुंगासहित पहिरो खसेको हुँदा सडक खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । उक्त स्थानमा केही दिन अघि पनि पहिरो खसेको थियो ।

वर्षा हुँनासाथ ढुंगा र लेदोसहितको पहिरो खसिरहदा सवारी आवागमनसंगै सिद्धबाबा सुरुङमार्ग निर्माणमा समेत अवरोध पुर्याउदै आएको छ । बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा पहाड र तराईका लागि यात्रामा निस्कएका यात्रुहरु अलपत्र परेका छन् ।

https://ujyaalonepalnews.com/archives/29809

Previous articleझापाको केचनामा अति भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल
Next articleभांगे झरनामा आन्तरिक पर्यटकको घुइँचो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।