Home Uncategorized रत्ननगरका २०० पशुपालक कृषकलाई प्रशिक्षण

रत्ननगरका २०० पशुपालक कृषकलाई प्रशिक्षण

उज्यालो नेपाल- रत्ननगरका पशुपालक किसानहरुलाई पशुपालन र स्वच्छ दुध उत्पादन सम्बन्धी प्रशिक्षण दिईएको छ। वडा नं. १६ पिठुवामा रहेको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थाले सहकारीमा दुध विक्री गर्ने झन्डै २०० जना कृषकलाई प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रममा जिल्ला भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रका सुचना अधिकारी तथा पशु विकाश अधिकृत रामचन्द्र आचार्यले कृषकहरुलाई हाल माहामारीको रुपमा फैलिएको लम्की स्किन, थुनेलो लगायत रोगको कारण र रोकथाम बारे प्रशिक्षण दिएको थिए ।

कार्यक्रममा किसानहरुलाई पशु आहार उत्पादन, खुवाउने विधि, असन्तुलित आहारा र त्यसको प्रभाव, स्वच्छ दुध उत्पादन र उत्पादित दूधलाई सहकारी सम्म लैजाँदा ख्याल गर्नुपर्ने कुराहरु लगायत विषयमा समेत प्रशिक्षण दिइएको थियो । सहकारीका अध्यक्ष युवराज थापाले ‘स्वस्थ पशु र स्वच्छ दुध’को अवधारणा अनुसार प्रशिक्षण कार्यक्रम संचालन गरिएको बताए ।

कार्यक्रममा किसानहरुले पशु अनुत्पादक हुनुको कारण, दुधको गुणस्तरमा एकरुपता नहुनुको कारण लगायतको विषयमा जिज्ञाशा राखेका थिए ।

https://ujyaalonepalnews.com/archives/29814

Previous articleविकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ : प्रधानमन्त्री दाहाल
Next articleधमाधम विक्री हुँदै जुम्लाको काँचो स्याउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।