गुल्मी सिंचाइका लागि कुलो खन्ने क्रममा पहिरोमा पुरिएर तीनजना घाइते

गुल्मी- गुल्मीमा सिंचाइका लागि कुलो खन्ने क्रममा पहिरोमा पुरिएर तीन जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर २ स्थित चेहमी सिंचाइ कुलो खन्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा पुरिएर तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी) डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

पहिरोमा पुरिएर घाइते हुनेहरुमा सत्यवती २ चेहेमी निवासी ६८ वर्षकी भगवती कुँवर, ४६ वर्षकी लक्ष्मी दर्जी, ४१ वर्षकी प्रेमकला कुँवर घाइते भएका हुन् । उनिहरुको हात खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

कुलो खन्ने क्रममा पहिरोमा पुरिएका महिलाहरूलाई स्थानीयले उद्वार गरेका थिए । घाइते तीन जनालाइ पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको डिएसपी पाण्डेले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/29828

Previous articleअवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
Next articleवातावरण जोगाउन नसक्दा मधेशमा खानेपानीको अभाव सृजना भयो : मन्त्री रिजाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।