प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लम्पी स्किन, डेङ्गीजस्ता सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिनुभएको छ ।

नेपाल सरकारका मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग समसामयिक विषयमा बसेको बैठकमा उहाँले लम्पी स्किन, डेङ्गीजस्ता सङ्क्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रणकाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने निर्देशन दिनुभएको हो ।

उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सेवा प्रवाह, निर्माण हुन बाँकी कानुनहरु शीघ्र अगाडि बढाउने, राष्ट्रिय गौरवका एवं ठूला आयोजनाहरुको अनुगमन तथा निरीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । बैठकमा छलफलका क्रममा प्रधानमन्त्री दाहालले हालसम्म भएका गतिविधिहरुको जानकारी लिनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/29847

Previous articleसाउन १५ : खीर खाने दिन
Next articleमिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र, ७१ बिघा जग्गा फिर्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।