घर फर्कन वुहान एयरपोर्टमा भेला भए नेपालीहरु(फोटो/भिडियो)

कोरोना भाइरस ग्रस्त चीनको हुबेइ प्रान्तका नेपालीहरु आज(शनिबार) राति नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत नेपाल फर्कदैँछन्। त्यहाँबाट १८५ नेपालीलाई स्वदेश ल्याउन लागिएको हो।

शनिबार दिउँसो पौने ३ बजे चीनतर्फ उडेको नेपाली जहाज राति ९ बजे (चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। त्यसअघि यतिबेला वुहानस्थित एयरपोर्टमा नेपालीहरु पुगिसकेको विमानस्थलमा पुगेका एक नेपाली अशोक साहले बताए।

वुहानबाट स्थानीय समयअनुसार राति ११ बजे नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

एयरपोर्टको भिडियो तथा तस्बिरहरु:

प्रणय कुञ्ज नेपालको ताजमहल अर्थात रानीमहल पनि प्रणय दिवसमा प्रेमिल जोडीको गन्तव्य बन्दै (भिडियो)

Previous articleअवैध रुपमा सीमा पार गर्न खोज्ने तीन हजार बढी मेक्सिकोको जेलमा
Next article‘कोरोनाविरुद्धको चिनियाँ प्रयासले सकारात्मक परिणाम दिइरहेको छ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।