चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा दुर्घटनामा पर्दा दुई जनाको ज्यान गएको छ। सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा मोटरसाइकल ठोकिएको थियो।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
https://ujyaalonepalnews.com/archives/29854


