स्याङ्जामा कार दुर्घटना हुँदा तीन जना घाईते

0
48

स्याङ्जा- सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको मालुङ्गामा कार दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । गएराति ९:३० बजेको समयमा उक्त कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट पोखरा जाँदै गरेको ग २ च २१७४ नम्बरको कार सिद्धार्थ राजमार्गबाट करिब तीन सय मिटर तल खसेको छ । दुर्घटनामा परि कारमा सवार ४३ बर्षका सुमन गुरुङ, २८ बर्षिया उत्तम भण्डारि र ३५ बर्षका सन्दिप थकाली घाईते भएका छन् ।

घाईते तीनै जनालाई गल्याङ नगर अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । दुर्घटना सम्बन्धी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी रबिन्द्र खनालले जानकारी दिनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/29884

Previous articleमौलिक परिकारको प्रवर्द्धन आवश्यक : मन्त्री शर्मा
Next articleटिआई नेपालद्वारा संसद्को ध्यानाकर्षण