फरक विधाको चलचित्रमा स्वस्तिमा

काठमाडौं- सामाजिक विषयको चलचित्रमा देखिँदै आउनुभएकी अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित पछिल्लो चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताउनुभयो ।

आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएका कारण यसपटक दर्शकले आफूलाई फरकरूपमा पाउने उहाँको भनाइ छ ।

अभिनेत्री खड्काले भन्नुभयो, “मैले कलाकात्मक चलचित्रमा केही समय अभिनय गरेँ । यो पूर्णरूपमा व्यावसायिक हो । त्यसैले यो मेरा लागि महत्त्वपूर्ण छ ।”

निर्देशक कृषा चौलागाईँले आफ्नो लगावकै कारण निर्देशन यात्रा सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीका रूपमा जोडिए ।

त्यसपछि केही छोटा चलचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ । यो म एक्लोभन्दा पनि सम्पूर्ण समूहकै प्रयासले सफल भएको हो ।”

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘ऐँचो पैँचो’ मा कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यसमा अभिमन्यू निरवीले कथा, पुरुषोत्तम प्रधानले छायाँङ्कन, कविराज गहतराजले नृत्य निर्देशन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत, रेनिश फागोले रङ्ग संयोजन, विपिन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको छ ।

https://ujyaalonepalnews.com/archives/29966

Previous articleनेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
Next articleतराईलाई सुक्खा क्षेत्र घोषणा गर्न सरकारलाई जनप्रतिनिधिको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।