सामाखुसीबाट हराएका बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो

काठमाडौं- भारी वर्षापछि आएको बाढीका कारण काठमाडौँको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव आज दक्षिणकालीस्थित वाग्मती किनारमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले वाग्मती किनारमा उनको शव फेला परेको जानकारी दिनुभयो । यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो ।

त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा आज ११ दिनपछि शव फेला परेको उहाँले बताउनुभयो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ ।

https://ujyaalonepalnews.com/archives/29968

Previous articleतराईलाई सुक्खा क्षेत्र घोषणा गर्न सरकारलाई जनप्रतिनिधिको आग्रह
Next articleहतकडीसहित फरार लामा प्रहरी नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।