दोलखामा पहिरो, एक जनाको मृत्यु, तीन जना बेपत्ता, तीन जना घाइते

दोलखा- दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-८ मा गएको पहिरोको कारण एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

गएराती नौ बजेको अविरल बर्षासँगै आएको पहिरोले गाउँपलिका-८ बाट आएको पहिरोले ७ नम्बर वडाको बस्तिमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी दिपक खड्काले बताउनुभयो ।

पहिरोले गाउँपालिका -७ का हरिलाल श्रेष्ठ, कृष्ण बहादुर मगर र उहाकी श्रीमती र यज्ञ बहादुर थामिको १५ महिनाको नाति रहेको उहाँले बताउनुभयो ।

थामिको १५ महिनाको नातिको मृत्यु भएको प्रहरी प्रमुख खड्काले बताउनुभयो ।पहिरोमा परि ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/29980

Previous articleमाओवादी केन्द्रको बैठक: केन्द्रीय सदस्यले बोल्ने क्रम जारी
Next articleसोह्रौँ योजनाको अवधारणपत्र स्वीकृत (सोह्रौँ योजनाको पूर्ण पाठसहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।