डोल्पामा ट्याक्टर दूर्घटनाः सात जना घाइते, दुई जनाको अवस्था गम्भीर

डोल्पा- हिमाली जिल्ला डोल्पाको ठुलिभेरी नगरपालिकाअन्तर्गत पर्ने मोतिपुरमा ट्याक्टर दूर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

ठुलीभेरीको भित्तिबाट बालुवा बोकेर दुनैतर्फ आउँदै गरेको रा १ त. ३५७८ नंम्बरको ट्याक्टर शनिबार साँझ दुर्घटना भएको हो ।

घाइतेहरुको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईंले जानकारी दिनुभयो । घाइतेमध्ये दुईजनाको अवस्था केही गम्भीर रहेको प्रहरी निरीक्षक चापागाईंको भनाई छ ।

ट्याक्टर चालक सुरज बोहराले भित्तिमा अत्यधिकमात्रामा मादकपदार्थ सेवन गरेर चलाएकाले दूर्घटना भएको प्रारभ्मिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/30013

Previous articleरकम फिर्ताका लागि शिवशिखर विरूद्ध एक हजार पाँच सय उजुरी
Next articleचालिस करोड विद्युत् महसुल बक्यौता उठाउन बाँकी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।