डोल्पामा भूतले सिँचाइ कुलो भत्काएपछि..

0
109

डोल्पा- डोल्पामा भूतले सिँचाइ कुलो भत्काएको भन्दै भूतको पुजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत पर्ने मसानजाड देखि चुकेनीसम्मको पुरानो कुलो भूत रिसाएर भत्किएको भन्दै पुजा गरिएको हो ।

बुढापाकाका अनुसार ७८ वर्ष पुरानो सेजकुलो भत्केपछि देउताले भूत रिसाएको र पुजाआजा गरेर शान्त बनाउन भनेपछि त्रिपुराकोटका सम्पूर्ण स्थानीयले भूतको पूजा गरेका हुन् ।

भत्केको कुलाको माथिल्लो भागमा स्थानीय ८३ वर्षीय धनप्रसाद हमाल र तल्लो भागमा ८६ वर्षीय रविप्रसाद न्यौपानेको हातबाट पूजाआजा गरिएको हो ।

विस २००२ मा पनि कुलो बनाउनेक्रममा मसानजाड भूत रिसाएर नवनिर्मित कुलो भत्काउनेगरेको र देवीदेवताको भने अनुसार बोका, भालेसहित ध्वजापतका चढाएर पुजा गरेदेखि हालसम्म कुनै क्षति नभएको स्थानीय बयोबृद्ध धनप्रसाद हमाल बताउनुहुन्छ ।

आव २०७९/८० को खानेपानी सिंचाइँ तथा उर्जा विकास कार्यालय डोल्पाको मातहतमा निर्माण उपभोक्ताले नयाँ कुलो निर्माण गर्नेक्रममा भूतपूजा नगरेकाले पटक पटक गरेर तीन पटक पक्की कुलो भत्केपछि स्थानीय धामाघाडी देवताले भूत रिसाएको र शान्तिपूजा नगरेसम्म कुलो बलियो नहुने भनेपछि स्थानीयले ७८ बर्षपछि दोस्रो पटक भूतको पूजा गरिएकोभ जनाएका छन् ।

भूतपूजा गरेपछि नवनिर्मित सेजकुलो बलियो भई सिंचाइँ सुविधा सहज हुने अपेक्षा स्थानीयले गरेका छन् ।

https://www.ujyaalonepalnews.com/archives/30023

Previous article‘सरकारी उद्योगहरूलाई पि.पि. मोडेलमा निजीकरण गरिने’
Next articleअलैँचीको भाउ ६ वर्षयताकै उच्च, यसवर्ष उत्पादन भने घट्ने सम्भावना