डोल्पामा भेटिए अनौठो बालकः उमेर १४ बर्ष, विकास दुधे बालक जस्तै

डोल्पा- हिमाली जिल्ला डोल्पाको दुर्गम गाउँमा अनौठा बालक भेटिएका छन् । त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत करेलीकाँडा गाउँमा यस्ता बालक भेटिएका हुन् ।

उनको उमेर १४ बर्ष पुगिसक्यो तर हेर्दा दुधे बालक जस्तै देखिन्छन्, पारस बुढा । उनको शारिरीक, मानसिक दुवै प्रकारको बृद्धि र विकास भएको पाइँदैन् । उमेरसँगै छोरो हुर्किंदै जाने आशा गर्दा गर्दै यस्तो अवस्था आएको आमा शान्ति बुढाले बताउनुभयो ।

बाबुआमा नपढेको नलेखेको र घरको आर्थिक अवस्था कमजोरहुाँ उपचार गराउन नसकिएको उहाँको भनाई छ । छोरो तन्नेरी हुने उमेरमा आफ्नो चार बर्षको कान्छो छोरा भन्दा पनि सानो भएपछि उहाँलाई ठुलो पीर परेको छ ।

अनौठो प्रकारको रोग लागेका पारस लक्का जवान भएर घरको कामकाज धान्ने उमेरमा दुधे बालक जस्तै स्याहार्नु परेको उहाँले दुखेसो पोख्नुभयो । पारसले आठ नौ दिनमा मात्र दिसा पिसाब गर्छन भने कान सुनेपनि बोली फर्काउन सक्दैनन् ।

बुढाको सात जनाको परिवार छ । जसमा छोरा चार छन् । छोरी एक जना छिन् । आफ्नो चालीस बर्ष पुग्दा यस्तो बच्चा जन्मिएको हो उहाँको भनाई छ । कोही कसैबाट सहयोग आर्थिक सहयोग पाए एक पटक उपचार गराउन तराइका अस्पताल लैजाने उहाँको धोको छ ।

https://ujyaalonepalnews.com/archives/30043

Previous articleशिक्षकले विद्यार्थीलाई नमस्कार गर्दा …
Next articleनाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।