स्याङजामा भएको सवारी दूर्घटनामा दश जनाभन्दा बढी घाइते

स्याङजा- स्याङ्जाको भिरकोट नगरपालिका ४ छङछाङ्दीमा माइक्रो र बस एक आपसमा ठोकिएर दूर्घटना हुँदा १० जना भन्दा धेरै घाईते भएका छन् ।

काठमाडौँबाट स्याङ्जाको वालिङ जाँदै गरेको बा ३ प १००३ नम्बरको माइक्रो बस र बुटवलबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको भारतीय बस एक आपसमा ठोकिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार दुर्घटनाको विवरण संकलन गर्ने काम भईरहेको छ ।

घाइतेमध्ये माइक्रोबसका चालक र सहचालकलाई उपचारका लागि पोखरा पठाईएको छ बाँकी सबै जनाको गह्रौ प्राथमिक अस्पताल वालिङ मा उपचार भइरहेको प्रहरीले बताएको छ ।

https://ujyaalonepalnews.com/archives/30060

Previous articleमन्त्री शर्माद्वारा रेडियो नेपालका उच्च व्यवस्थापनसित छलफल
Next articleहत्याको आरोपमा दुईजना महिला पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।