Home Uncategorized एक जना मृत अवस्थामा फेला

एक जना मृत अवस्थामा फेला

सिरहा- मिर्चैया शम्भु होटेलमा एक जनाको शव फेला परेको छ । शव मिर्चैया ना.पा.५ कटारी चोक अवस्थित शम्भु होटेलमा मृत अवस्थामा फेला परेको हो ।

मृतक पाथीभरा कापी उद्योग संचालक बिराटनगर-१० बस्ने २५ बर्षीय सिद्धान्त भट्टराई हुन् । उनी गाडी चालक सागर राईसँगै मार्केटिङका लागि सिरहा जाने क्रममा मिर्चैयास्थित सहदेव होटेलमा बास बसेका थिए ।

भट्टराईको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैया प्रमुख जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/30121

Previous articleबाढी–पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध
Next articleभीमदत्त राजमार्ग अझै खुलेन, पहिरो नरोकिएपछि सुदूरपश्चिमका सात जिल्लाको यातायात ठप्प
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।