Home Uncategorized शक्तिखोर स्वास्थ चौकी कालिका नगरकै उत्कृष्ट

शक्तिखोर स्वास्थ चौकी कालिका नगरकै उत्कृष्ट

0
93

कालिका, २४ साउन । कालिका नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरु मध्ये शक्तिखोर स्वास्थ्य चौकी नगरकै उत्कृष्ट स्वास्थ्य चौकी बन्न सफल भएको छ । आर्थिक वर्ष २०७९ /०८० मा कालिका नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड मापनगर्दा सबैभन्दा उत्कृष्ट स्वास्थ्य चौकीको रुपमा शक्तिखोर स्वास्थ्य चौकी पर्न सफल भएको हो ।

कालिका नगरपालिकाको वडा नं. ७ मा मंगलवार आयोजना गरिएको महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका तथा स्वास्थ्य संस्था सम्मान र नगर प्रमुख विपन्न स्वास्थ्य वीमा कार्यक्रमको अभिमुखिकरण कार्यक्रममा शक्तिखोर स्वास्थ्य चौकीलाई सम्मान पत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा कालिका नगरपालिकाले नगरक्षेत्रभित्रका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई एकएक थान मोबाइल र सिम कार्ड निशुल्क वितरण गरेको छ । नगरक्षेत्रभित्र रहेका स्वाथ्य स्वयसेविकाहरुले आवश्यकताका आधारमा छिटो र सहज तरिकाले स्वास्थ्य शाखादेखि सेवाग्राहीसँग सञ्चारगर्न सकोस भनेर मोबाइल सेट सहित सिम कार्ड वितरण गरिएको कालिका नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिनुभयो ।

यस्तै जेष्ठ नागरिकको घरघरमा गएर उपचारगर्ने सेवालाई प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य संस्थाका प्रमुखहरुलाई वितरण गरिएको छ । नगरक्षेत्रभित्र रहेका प्रत्येक स्वास्थ्य संस्थाका प्रमुखलाई उपचारगर्न आवश्यक सामग्री वितरण गरिएको हो । नगरपालिकाले गतवर्षदेखि नगरक्षेत्रभित्रका जेष्ठ नागरिकहरुको घरघरमै पुगेर स्वास्थ्य उपचारगर्दै आएको छ ।

यसलाई निरन्तरता दिन र दिइने सेवालाई अझै प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य सामग्री सम्बन्धित वडाका स्वास्थ्य शाखाका लागि वितरण गरिएको हो । कालिका नगररक्षेत्र भित्र ११ वटा स्वास्थ्य शाखाहरु छन् । नगरक्षेत्रभित्रका सबै स्वास्थ्य शाखा प्रमुख र महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिती रहेको कार्यक्रममा निकट भविष्यमा नगरपालिकाले सञ्चालन गर्न लागेको नगर प्रमुख बिपन्न स्वास्थ्य बीमा कार्यक्रमको बारेमा जानकारी समेत गराइएको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगर उपप्रमुख विमला तमाङ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्याय विशिष्ट अतिथि रहनुभएको थियो ।

https://www.ujyaalonepalnews.com/archives/30145