इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ ।

प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरे बापत आर्जन गरेको कुल आम्दानीको ४ प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको २ प्रतिशत गरी ६ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै निर्देशन दिएको हो । साथै तत्काल राजश्व दाखिला नगरे हदैसम्मको कारबाही गर्ने समेत जानकारी गराएको छ ।

https://ujyaalonepalnews.com/archives/30180

Previous articleविपद्‍बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
Next articleसिरहामा एकजना मिटरब्याजी पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।