भैरहवा उडेको बुद्ध एयरको जहाजलाई फर्काएर काठमाडौंमै अवतरण

0
59

२५ साउन, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ ।

बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएको छ ।

जहाजमा सवार यात्रुहरुलाई अर्को विमानमा राखेर भैरहवा पठाउन लागिएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयका अनुसार समस्या आएको सो जहाजलाई प्राविधिक टिमले चेक जाँच गरिरहेको छ ।

https://www.ujyaalonepalnews.com/archives/30192

Previous articleछ नाल भरुवा बन्दुक बरामद
Next articleनक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप चार चिकित्सक पक्राउ