काठमाडौंको भोटाहिटीस्थित एक घरमा लागेको आगो नियन्त्रणमा

काठमाडौं- काठमाडौंको भोटाहिटीस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार राति काठमाडौं महानगरपालिका-२७ भोटाहिटीस्थित नेपाल हाउसको पाँचौं र छैठौं तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो ।

मथुराम श्रेष्ठको घरमा भाँडाकुँडाको गोदाम रहेको कोठामा आगलागी भएको हो । करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

काठमाडौं महानगरका चार र नेपाली सेना, ललितपुर र भक्तपुरको एक-एक गरी सातवटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण भने आइसकेको छैन ।

https://ujyaalonepalnews.com/archives/30201

Previous articleनक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप चार चिकित्सक पक्राउ
Next articleआजदेखि सिम्रिक एयरका सबै उडानमा रोक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।