रास्वपा रत्ननगरले आयोजना गरेको रक्तदानमा ७१ युनिट रगत संकलन

उज्यालो नेपाल, श्रावण २६-  राष्ट्रिय स्वतन्त्र पार्टी रत्ननगरले आयोजना गरेको खुला रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । चितवनका अस्पतालहरुमा देखिएको चरम रक्तअभावलाई मध्यनजर गर्दै पार्टीले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रत्ननगरको सौराहाचोकमा  आयोजित कार्यक्रममा ६८ जना पुरुष र ३ जना महिला गरि ७१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा पार्टी नगर सचिव रामशरण भट्टराईले जानकारी दिए ।

कार्यक्रममा सांसद हरि ढकाल, केन्द्रिय सदस्य ध्रुव गिरी लगायतको उपस्थित रहेको थियो। कार्यक्रम पार्टीका नगर संयोजक रामनाथ भट्टराईको सभापतित्वमा भएको थियो।

https://ujyaalonepalnews.com/archives/30215

Previous articleआइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
Next articleभ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि आयोग गठन गर्न भट्टराईको भनाइ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।