मापसेगरी मोटरसाइकल चलाउँदा रत्ननगरमा तीन जना घाइते, एक गम्भिर

चितवन, साउन २७- चितवनको रत्ननगरमा मादक पदार्थ सेवन (मापसे)गरी मोटरसाइकल चलाउँदा ट्रकमा ठोक्किएर तीन जना घाइते भएका छन्

रत्ननगर नगरपालिका–३ विद्युत चोकमा आज बिहान करिब १ बजे भरतपुरबाट हेटौडातर्फ जादै गरेको ना ७ ख ९४४ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ५४ प ४१५४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइलकमा सवार तीन जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक रत्ननगर–१ बस्ने बर्ष ३० को अमृत बोहोरा, रत्ननगर–१० बस्ने वर्ष ३५ को बालकृष्ण पाण्डे र खैरहनी नगरपालिका–८ बस्ने वर्ष ३० को विकास सुवेदी रहेका छन् । बोहोरा र पाण्डेले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ । बोहोरोको अवस्था गम्भिर, पाण्डेको अवस्था मध्यम र सुवेदीको अवस्था सामान्य छ ।

घाइते तीनै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/30255

Previous articleरुपन्देहीमा २१७ साना उद्योग बन्द
Next articleनिकुञ्जको चोरी शिकारी नियन्त्रणमा हात्तीको भूमिका महत्त्वपूर्ण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।