‘एलिफेन्ट इन द फग’ लाई चालिस हजार युरो सहयोग

काठमाडौँ- अविनाशविक्रम शाहले निर्देशन गर्नुहुने चलचित्र ‘एलिफेन्ट इन द फग’ले बर्लिनको ‘वर्ल्र्ड सिनेमा फन्ड’ जित्न सफल भएको छ ।

पचास देशका एक सय ४० चलचित्रबाट उत्कृष्ट १३ मा पर्न सफल सो चलचित्र निर्माणका लागि ४० हजार युरो प्राप्त हुने निर्माता अनुप पौडेलले जानकारी दिनुभयो ।

यो कार्यक्रमको ३८ औँ संस्करणमा निर्णायकले १३ वटा चलचित्रलाई सहयोग गर्ने घोषणा गरेका थिए । जसमा नेपालबाहेक भूटान, ब्राजिल, इन्डोनेसिया, इजरायल, प्यालेस्टाइन, सोमालिया, सुडान, टर्की आदि देश रहेका छन् । जहाँ १० चलचित्रलाई निर्माण सहयोग र तीन वटालाई वितरणको रकमका लागि सिफारिस गरेका हुन् ।

प्राप्त रकम एकै पटक प्रयोग गर्न नपाइने निर्माता पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसले हामीलाई चलचित्र निर्माणमा राम्रै सहयोग हुन्छ । पहिलो किस्तामा ५० प्रतिशत र बाँकी कामको विकाससँगै रकम प्राप्त हुनेछ ।”

आउँदो माघमा छायाङ्कन गर्ने तयारी गरिएको चलचित्रमा प्रेमीसँग विवाह गरेर ढुक्कको जीवन बिताउने पिरती नामकी पारलैङ्गिक महिलाको छोरी हराएपछिको कथालाई चित्रण गरिनेछ ।

https://ujyaalonepalnews.com/archives/30309

Previous articleबजारलाई थप व्यवस्थित गर्न कामपाले भदौ १ देखि नियमित अनुगमन गर्ने
Next articleपारस बुढाको उपचारार्थ रु. ६३ हजार सहयोग हस्तान्तरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।