खतरामा कोसी ब्यारेज, ५६ ढोका खोलियो

सुनसरी- निरन्तरको वर्षाका कारण सप्तकोशी नदीको बहाव निरन्तर बढिरहेको छ । कोसी ब्यारेज कन्ट्रोल रुमले सप्तकोसी नदिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरेको छ ।

आज बिहान चार बजेको मापनअनुसार सप्तकोशी नदिमा पानीको बहाब ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको जनाइएको छ । पानी बहाब बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् भने कोशी नदिमा क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

https://ujyaalonepalnews.com/archives/30356

Previous article‘विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई’
Next articleमुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।