वर्षासङ्गै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा- अविरल वर्षासँगै राति पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला दोभान क्षेत्रमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।

प्रहरीका अनुसार सडक डिभिजन कार्यालयले डोजर लगाएर बिहानदेखि पहिरो पन्छाएर सडक खुलाउने काम गरिरहेको छ । पहिरोसँगै रुख, ढुंगा, माटोसहित खसेकाले पन्छाउन समय लाग्ने दोभान प्रहरी चौकीले जनाएको छ ।

यस क्षेत्रमा यसअघि पनि पहिरो खसेको थियो । पहिरो पन्छाएर मात्र सवारी साधन सञ्चालन गर्न सकिने भएकाले सडक सुचारु हुन अझै कम्तीमा तीन घन्टा लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण पहाड र तराईको यात्रामा निस्केका यात्रुहरू अलपत्र परेका छन् ।

https://ujyaalonepalnews.com/archives/30364

Previous articleखानेपानी संस्था मिर्चैयाका सुरक्षागार्ड हत्या घटनाका अभियुक्त सार्वजनिक
Next articleधादिङ र गोर्खा जोड्ने त्रिशुली नदी माथिको झोलुङ्गे पुलमा क्षति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।