बरामद सय किलो सुन गाल्ने प्रक्रिया सुरु

काठमाडौं- नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले विमानस्थल भन्सार क्षेत्रबाट बरामद सय किलो सुन गाल्ने प्रक्रिया सुरु गरेको छ । सोमबार सञ्चारकर्मीको उपस्थितीमा टक्सार महाशाखले ब्रेक सुबाट सुन निकाल्दै गाल्ने प्रक्रिया सुरु गरेको हो ।

ब्रेकसु कै आकारमा रहेको सुनको बाहिरपट्टी कालो रंग लगाइएको पाइएको छ । टक्सारका कर्मचारीले कालो रंग खुर्किदा सुन देखिएको थियो ।

ब्रेकसुबाट सुन निकालिसकेपछि मंगलबारसम्म सुन गाल्ने काम सम्पन्न हुने टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो । सुन गालेर परीक्षण गरेपछि सुनको वास्तविक परिमाण यकिन हुने उहाले बताउनुभयो ।

सिआइवी, राजस्व र राष्ट्र बैंक र टक्सारका प्रतिनिधिकोको उपस्थीतिमा पारदर्शी रुपले सुन गाल्ने,परिक्षण र जोख्ने काम हुने आचार्यले बताउनुभयो ।

साउन ४ गते राजस्व अनुसन्धान विभागको टोलीले भन्सार कार्यालय बाहिरबाट सुन बरामद गरेको थियो ।

https://ujyaalonepalnews.com/archives/30386

Previous articleसङ्घीय शिक्षा विधेयक दर्तामा ढिलाइप्रति सांसदहरुको चिन्ता
Next articleनारायणी नदीले कटान गरेको क्षेत्र तत्काल मर्मत गर्न आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।