प्रतिनिधिसभाको बैठक आज पनि अवरुद्ध

काठमाडौँ- सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गराएको छ ।

नेकपा (एमाले) का सांसद मानवीर राईले बैठकको सुरुमै बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ भएको भन्दै उक्त प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै सदन अवरुद्ध कायम रहेको अवगत गराउनुभयो ।
तत्पश्चात सभामुख देवराज घिमिरेले सदनको नियमित कारबाही अघि बढाउन पटक–पटक आग्रह गर्दा एमालेका सांसद्हरुले नारावाजी जारी राखेपछि बैठक स्थगित भएको हो ।

बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले आफ्नो रिहाइका लागि आवाज उठाउने सांसदहरुलाई धन्यवाद दिनुभयो । संसद्लाई जानकारी नदिई बिनापुर्जी पक्राउ गरेर लगेको र हिरासतमा दुव्र्यवहार गरेको भन्दै आमरण अनसन बस्ने चेतावनी समेत दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ३ गते आइतबार १ बजे बस्नेछ ।

https://ujyaalonepalnews.com/archives/30388

Previous articleनारायणी नदीले कटान गरेको क्षेत्र तत्काल मर्मत गर्न आग्रह
Next articleलाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण सकियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।