सुन प्रकरणबारे सरकारलाई छानबिनका लागि सघाउन तयारः उपाध्यक्ष महरा

दाङ- पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउनु भएको छ ।

दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताउनु भएको हो ।

सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार रहेको धारणा राख्नु भयो । माओबादी केन्द्रका उपाध्यक्ष समेत रहेका महराले अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । जुनबेला बोलाएपनि जान तयारीमा छु भन्नुभयो ।

सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमा मात्र चिनेको छु उहाले भन्नुभयो । त्यसबाहेक उनलाई आफूले नचिनेको उहाँको भनाइ छ ।

तर, महराले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गर्नुभयो । उहाँले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/30416

Previous articleकक्षा १२ को नतिजा सार्वजनिक
Next articleसार्वजनिक महत्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।