Home Uncategorized मिटरव्याज पीडितहरुद्वारा आज फेरि सिरहा सदरमुकाममा प्रदर्शन

मिटरव्याज पीडितहरुद्वारा आज फेरि सिरहा सदरमुकाममा प्रदर्शन

सिरहा- मिटरव्याज पीडितहरुले आज फेरि सिरहा सदरमुकाममा प्रदर्शन गरेका छन् ।खमधेशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा सिरहा सदरमुकाम आएका पीडितले सिरहाको विभिन्न भागमा परिक्रममा गर्दै प्रदर्शन गरेका हुन् । उनीहरु प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

आयोग र कानून आइसकेको अवस्थामा पीडितको पक्षमा काम नभइरहेको पीडितहरुको आरोप छ । सिरहामा चर्को मिटरब्याजको धन्दा चलाउने एकजना मिटरब्याजी पक्राउ परेकी थिईन।

पक्राउ परेका मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता कुनैपनि हालतमा उनलाई नछाड्नका लागि मंगलबार सिरहा सदरमुकाम आएका पीडितले सिरहाको विभिन्न भागमा परिक्रममा गर्दै प्रदर्शन गरेका हुन् ।

साह माथी ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको थियो । सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

साहमाथि प्रहरी र जिल्ला प्रशासनमा दर्जनौं उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।

https://ujyaalonepalnews.com/archives/30421

Previous articleमत्स्यनारायणमा भक्तजनको भीड
Next articleफुटपाथ व्यावसायीको अधिकारप्रति संवेदनशील हुन सम्बद्ध निकायलाई आयोगको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।