अवैध रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग रु ३० लाख अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अवैध रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो ।”

https://ujyaalonepalnews.com/archives/30426

Previous articleसुन प्रकरणमा जोडिएका माओवादी नेता महरामाथि अभियोजन अघि बढ्ने प्रधानमन्त्रीको भनाइ
Next articleविद्युतीय सवारी उपयुक्त विकल्पः सरोकारवाला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।